-
Activity
Suk posted an update
सपना
उनी संग जवानीको बुई चढी
बुढेसकालको देउरालीमा सन्तुष्टको
सास सहित अनन्तमा बिलिन हुने छ ।
त्यो दिन सपना,
दिवा सपना देख्नेहरुको भिडमा
म आफैलाई नियाल्छु।
लाग्छ,
लाग्छ छैन म सक्षष म त्यो सपनाको
मोल तिर्न ।
तर,
तर पनि मनको कुनै कुनामा आशाको सानो
दीप बलि रहेछ ।
बस,
बस तिमी धैर्ययाको बाँध थामी राख
सुन्दर सपनालाई सच् बनाउन यात्रामा छु ।
सक्षम भई सपना किन्ने आउँछ त्यो दिन पक्कै
तिमी र मलाई हामी भनि चिन्ने ।
राजीव चोङ्बाङ्
२५ अप्रिल २०१९
