-
Activity
Suk posted an update
मेरो प्यारो गाउँ
मेरो प्यारो गाउँ
फेदाप ३, जलजले
जलजलेको शीरमा बसेको छ
सुन्दर गाउँ निंगाले
शीरमा छ चिचिलिङ्, भ्यागुते र गुल्डुङ् डाँडा भीर
पाउमा थामेर बसेको छ, मह धाप र साँगुमुनी भीर
दक्षिणमा बगेको छ छरछरे, उत्तरमा छ खोल्याङ् खोला
गाउँ सँगै ढुकढुकी बनेर बगेको छ लामा खोला
देवीथानको आशिर्वादमा रहेको छ मेरो गाउँ
धान, मकै, कोदो धेरै उत्पादन हुने सुन्दर छ मेरो गाउँ
विभिन्न जात, धर्म, भाषा र सँस्कृतिले
मिलेर बनेको छ गाउँ
न्याउले ढाँडमा न्याउली गाउँछ, गोफेटारमा कोईली
शीरमा फुल्छ लाली गुराँस
बीचैमा फुल्छ अति सुन्दर चाँप
त्यसैले त परिचित छ
हाम्रो निंगाले धाप ।
राजीव हुक्पा चोङ्वाङ्
फेदाप ३, निंगाले, तेह्रथुम, नेपाल
