News Feed

    • Activity
      Profile photo of Suk

      Suk posted an update

      6 months ago

      …….

      विहानै निन्द्रा बिच्कियाे । साथीहरु उठेर तयार हुदै थिए । बाहिर बाटाेमा मानिसहरुले पाईला चाल्दा जुत्ताको आवाज कानमा प्रस्टै आई रहेको थियो । मलाई उठ्न मन लागेको थिएन । सबै साथीहरु लु लु भन्दै तयार हुँदा म एक्लै के गर्दै बस्ने होला ठानेर मन नपरी नपरी मैले सिरकलाई हुत्याएँ । एक प्रकारको फ्रिज खोल्दा आउने चिसो जस्तो शरीरमा आयो । लुगाहरुको खाप माथी खाप लगाएँ । म पनि साथीहरुसँगै तयार भएर निस्केँ । बाहिर त झन चिसो रहेछ । ज्याकेटको चेन घाँटी सम्मै ताने अनि दुवै हातलाई मुठी बनाएर त्यही ज्याकेटको गोजीमा लगाएँ । साथीहरुले के देखाउन यस्तो गरि रहेछन् चिसोमा भन्ने मात्र मनमा आई रहेको छ। बजारको उज्यालो सकिए पछि एउटा हात गोजीबाट झिक्न कर लाग्यो । हातमा एउटा सानो टर्च र अर्को हात गोजी मै राखे । मानौ वहुमूल्य सामान छ गोजीमा । हात झिक्ने बित्तिकै बाहिर निस्किन्छ र नास हुन्छ । मलाई उकालो भन्दा पनि ओरालो हिड्दा गोजीमा हात लगाएर हिड्न हुदैन भन्ने कुरा मलाई मावलको बोजुले सिकाउनु भएको थियो । यहि कुरा म पनि साथीहरुलाई पनि सिकाई रहेको छु । मानौ म यो यात्राको दोस्रो दर्जाको गाईड हुँ ।

      हाम्रो बाटो उकालो लाग्यो । हिजो देखी हामी उकालो हिडिरहेका छौं । यसरी नै अझै केहि उकालो गयौं भने हामी बादल भेट्ने छौ ं। निरन्तर यसरी नै अगाडि जाने हो भने ताराहरु भेटिनेछ, जुन भेटिने छ । अनि सूर्य भेटिने छ । छि, मनमा पनि के के आको होला । बाटो भरी मानिसहरुको लाम देख्दा केहि न केहि चाहि पक्कै छ। कसो मैले त्यो चिज मिस गरिन भन्ने मनमा लाग्यो । नत्र किन मानिसहरु एकाविहानै जाडोमा कक्रिदै हिड्थे होला? पैतालिस मिनेट जति हिडे पछि हामी एउटा डाँडामा पुग्यौं । यो डाँडाको नाम पुन् हिल रहेछ ।

      ….

      साभार:

      लेखन: भगत हुक्पा चोङबाङ

      मेरो पहिलो स्वर्ग यात्रा, हुक्पा चोङबाङ प्रतिभा र सिर्जनाका फूलहरु, २०७९