News Feed

    • Activity
      Profile photo of Suk

      Suk posted an update

      10 months ago

      गजल

      कठङ्ग्रिएको प्राणमा तिमी न्यानो भइ दिनु है

      मनमा बाढी गए पनि, अोभानो भइदिनु है

      अहम्ताको उचाई त टिक्दैन रे एकैछिन्

      टेक्न खोजे बरु तिमी सानो भईदिनु है

      ढुक्क हुनु अभाव यो दीर्घ रोग हैन

      फाइदा मात्र खोज्ने संग विरानो भइ दिनु है

      बा, भन्थे सहेर नै नदीसंग दुई किनारा छ

      चोट दिने आफ्नै भए अचानो भइदिनु है

      आँधी पनि झुपडी कै दियो ताक्छ भन्छ

      पानीलाई चाहि छेकि दिने छानो भई दिनु है ।

      दिपीन हुक्पा चोङबाङ

      साभारः हुक्पा चोङ्बाङ् प्रतिभा र सिर्जनाका फूलहरु